Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्नेले तीन लाख १४ हजार पाउने भएको छ । युएइ क्रिकेट बोर्डकाले आज जारी गरेको विज्ञप्तिमा अल नाब्दा इन्स्योरेन्स ब्रोकर्स (एनआइबी) सँग प्रयोजन सम्झौता भएको र विजेता टोलीले १० हजार दिराम (तीन लाख १४ हजार) पाउने जनाएको छ । सम्झौतापछि सिरिजको नाम एएनआइबी च्यालेञ्ज भएको छ ।

एएनआइबी युएइ क्रिकेर्ट बोर्डको आधिकारिक बीमा कम्पनी हो । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-२० सिरिज खेल्नेछ । युएइविरुद्धको सिरिज नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक÷एकको बराबरी सकिएको थियो ।

सो खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट भएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । नेपाली टोली मङ्गलबार नै त्यसतर्फ गइसकेको छ ।

तपाईको प्रतिक्रिया