Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बारामा जारी १० औ संस्करणको सिमरा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाईनलमा आज थ्रीस्टार र संकटा क्बल प्रतिस्पर्धा गर्दैछन् ।

जितपुरस्थित स्थानीय रंगशालामा दिउसो साडे २ बजेपछि क्वाटरफाईनल भिडन्त सुरु हुनेछ । संकटाले सरस्वती क्लबलाई हराउँदै क्बाटरफाईनलमा स्थान बनाएको हो ।

थ्रीस्टारले भने बाई पाएर अन्तिम ८ बाट यात्रा सुरु गर्न लागेको हो । आजको बिजेताले फाईनल प्रवेशका लागि बिहिबार हिमालयन शेर्पाको सामना गर्नेछ ।

यसअघि हिजो भएको खेलमा बिभागीय टोली नेपाल पुलिसलाई २–० ले हराउदै शेर्पाले सेमिफाइनलमा स्थान बनाएको थियो । विजेताले ६ तथा उपबिजेता टोलीले ३ लाख रुपैयाँ हात पार्ने प्रतियोगीतामा १० टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया