Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्डकप फुटबलको १० औँ संस्करण आज सुरु हुदैछ । नव जनजागृती युवा क्लबले आयोजना गर्ने प्रतियोगिताका सम्पुर्ण खेल सिमरा रंगशालामा हुनेछ ।

उद्घाटन खेलमा आज आयोजक क्लब र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टोली सहभागि छन् । विजेतालाई १० लाख र उपविजेतालाई ३ लाख रुपैयाँको व्यवस्था गरिएको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने बताए । विधागततर्फको उत्कृष्ट खेलाडीले २० हजार र उदयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक आर्मी सहित रुस्लान थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल एपीएफ, संकटा, हिमालयन शेर्पा, सरस्वती युथ, आयोजक नव जनजागृती, विशाल मेमोरियल र मकवानपुरको टोलीले सहभागिता जनाउनेछ ।

तपाईको प्रतिक्रिया