Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – एसियन कप फुटबलमा साेमबार २ वटा खेलहुँदै छन् । समूह ए का दुवै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् ।

साेमबारको खेलको नतिजाले यस समूहको प्रि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ ।  जारी प्रतियोगितामा घरेलु टोली यूएई ४ अंकसहित शीर्ष स्थानमा रहँदा भारत र थाइल्याण्ड समान ३ अंकका साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यूएईले पहिलो खेलमा भारतलाई २–० ले पराजित गरेको  थियो भने दोस्रो खेलमा बहराईनसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यसैले साेमबार यूएईले तेस्रो स्थानमा रहेको थाइल्याण्डलाई पराजित गरे शीर्ष स्थानमा रहँदै प्रि क्वाटरफाइनलमा पुग्ने छ ।

पराजित भए भारतको नतिजाले प्रभाव पार्ने छ । अर्को खेलमा भारत र बहराईन भिड्दै छन् । भारतले थाइल्याण्डमाथि फराकिलो जित निकाल्दा यूएईसँग भने  स्तब्ध भएको थियो ।

तपाईको प्रतिक्रिया