Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सालाई लेभान्तेले २–१ ले हराएको हो । कठिन खेलमा लेभान्तेलाई विजयी गराउन एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे ।

पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए । हारसँगै दोस्रो लेगको खेलपूर्व बार्सिलोना केही दबाबमा आएको छ ।

किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले हराएको छ । यसैगरी रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया