Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज च्यासल युथ क्लब र पाहुना टोली भारतको दिल्ली युनाईटेड क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

ईण्डियन लिगमा राम्रो प्रर्दशन गर्दै आएको देल्ली र च्यासलबीचको खेल धनगढीस्थित क्षेत्रीय रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । राजधानीमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिग आठौ स्थानमा रहेर टुंग्याएको च्यासल पाहुना टोलीलाई हराउँदै क्बाटरफाईनल प्रबेशको योजनामा छ ।

यसअघि हिजो भएको खेलमा मोरङ ११ लाई हराउँदै विभागीय नेपाल पुलिस क्लबले प्रतियोगीताको क्टवारफाईनलमा स्थान बनाएको थियो । उता पाँचथरमा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्टवारफाईनलमा ब्वाईज युनियनले अर्को भारतीय क्लब रोयल एफसी दार्जेलिङको सामना गर्दैछ ।

फिदिमस्थित स्थानीय बिद्यालयको खेल मैदानमा दिउँसो २ बजेपछि २ टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । दुबै टोली बाई पाएर क्टवारफाईनल खेल्न लागेका हुन् । आजको खेलपछि प्रतियोगीताको सेमिफाईनल समिकरण पुरा हुनेछ ।

यसअघि हिजो भएको खेलमा सुनसरी ११ लाई हराउदै सरस्वती युथ क्लबले अन्तिम चारमा स्थान बनाएको थियो ।

तपाईको प्रतिक्रिया