Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल अन्तरमा विजयी भयो । सिटीका लागि ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले चार गोल गरे ।

यसैगरी केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले एक एक गोल गरे ।

जितसँगै म्यान सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ ।

दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन बुर्टनको मैदानमा हुनेछ ।

बुर्टन आल्बियोन इंग्लीश फुटबलको तेस्रो श्रेणीको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ ।

लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र चेल्सी भिड्दैछन् । पहिलो लेगमा टोटनह्यामले १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया