Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – भारतीय क्रिकेटर हार्दिक पाण्डेय र केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले कारवाही गर्ने भएको छ ।  हार्दिक र राहुलले हालै चर्चित टेलिभिजन शो कफी विथ करनमा अन्तरवार्ता दिदै महिलाप्रति अपशब्द बोलेको आरोप लगाइएको छ ।

टाइम्स अफ इंडियाका अनुसार हार्दिक र राहुललाई उनीहरुले शो मा महिलाहरु प्रति व्यक्त गरेको अभिव्यक्तिप्रति २४ घण्टाको स्पष्टिकरण सोधिएको बिसिसिआईका प्रशासनिक कमिटिका बिनोद रायले जानकारी दिएका छन् । हार्दिक र राहुलको सो अभिव्यक्तिपछि बिसिसिआईले क्रिकेट बाहेकका यस्ता शोहरुमा क्रिकेटरहरुलाई प्रतिबन्ध लगाउने समेत तयारी गरेको बताइएको छ ।

शो मा हार्दिक र राहुलले उनीहरुको महिलाहरुसँगको सम्बन्ध र डेटिङका बारेमा खुलेर कुरा गरेका थिए । उनले महिलाहरुको हिडाईका आधारमा आफूले विचार बनाउने र आफ्नो सम्बन्धका बारेमा आफ्ना माता पितासँग खुलेर कुरा गर्ने गरेको बताएका थिए ।

यसैबीच हार्दिक पाण्डेयले सामाजिक संजालमार्फत सो शोमा आफू बहकिएर अभिव्यक्ति दिएको भन्दै आफ्नो सो अभिव्यक्तिबाट कसैको भावनामा चोट पुगेको भए आफूलाई माफ गर्न आग्रह गरेका छन् । पाण्डेय हाल अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियामा रहेका छन् । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १२ जनवरीमा सिड्नीमा हुदै छ ।

तपाईको प्रतिक्रिया