Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम खेलमा फ्रेन्ड्स क्लबले हराएको छ । अपराजित रहँदै लिग च्याम्पियन बन्ने दाउमा रहेको मनाङलाई लिगको अन्तिम खेलमा फ्रेन्डस्‌ले १-० ले हराइदियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको लिगको अन्तिम खेलमा ६ मिनेट थपिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा फ्रिकिक बलमा हेडमार्फत गोल गर्दै फ्रेन्डस मनाङको कीर्तिमानी जितमा तगारो बनेको हो । फ्रेन्ड्सका लागि विकास लामाले गोल गरेका थिए । जितसँगै फ्रेण्ड्सले पुछारको २ स्थानबाट माथि उक्लदै आगामी सिजनमा अंक गुमाउने खतरा टारेको छ ।

मनाङले खेल अवधिभर पाएको केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा लिगका पछिल्ला १२ खेल जितेर पनि अन्तिम खेलमा हार व्यहोर्नुपर्‍यो । मनाङले लिगको ट्रफीसँगै यसअघिनै नगद ५० लाख पुरस्कारसमेत पक्का गरिसकेको थियो । यस्तै १२ खेल जितेको मनाङले म्याच फि को रूपमा १३ खेलबाट ६ लाखसमेत पाएको छ । एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो ।

यस सिजन संकटा उपविजेता बन्यो। उपाधिको दाबेदार थ्री स्टार तेस्रो हुँदा आर्मी क्लब चौथो बन्यो । लिगको ६ दशकभन्दा लामो इतिहासमा सर्वाधिक सफल रहेको मनाङले यो आठौं लिग उपाधि उचालेको हो ।

तपाईको प्रतिक्रिया