Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – आगामी माघ २६ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल) को लागि भइरहेको अक्सनमा राष्ट्रिय टिमका चार खेलाडी महँगा बनेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, ललित भण्डारी, आरिफ शेख र ललित राजवंशी सबैभन्दा धेरै रकममा बिके ।

यी मध्ये विनोद, ललित भण्डारी र आरिफलाई २ लाख ५० हजारमा दुई भन्दा बढी टोलीले भाउ लगाएका थिए । ललित राजवंशीलाई भने काठमाडौँ गोल्डेन्सले मात्र उच्चतम भाउमा बोली लगाएको थियो र अनुबन्ध गर्न सफल भयो । विनोद र ललित भण्डारीलाई रुपन्देशी च्यालेन्जर्सले लक्की ड्र बाट पायो । विनोदलाई धनगढी स्टार्सबाहेक पाँच टोलीले बोली लगाएका थिए । यस्तै ललितलाई रुपन्देही , धनगढी र अत्तरियाले २ लाख ५० हजारमा बोली लगाएको थियो यसमा पनि रुपन्देही भाग्यमानी बन्यो ।

यसैगरी आरिफलाई धनगढी, महेन्द्रनगर, विराटनगर र काठमाडौँले २ लाख ५० हजारमा बोली लगाएको थियो। जसमा महेन्द्रनगर भाग्यमानी बन्यो । यी चार खेलाडी बाहेक राष्ट्रिय टिमका खेलाडी प्रदिप ऐरी र रोहित कुमार पौडेल, युएई सिरिजका लागि प्रारम्भिक सूचीमा परेका सन्दीप जोरालाई पनि ठूलो बोली लाग्यो । प्रदिपलाई रुपन्देहीले २ लाख ४० हजारमा अनुबन्ध गर्दा सन्दीप जोरालाई सिवाइसी अत्तरियाले २ लाख ३० हजारमा आफ्नो टिममा लिन सफल भयो । रोहितलाई महेन्द्र नगर युनाइटेडले २ लाख ३० हजारमा अनुबन्ध गर्‍यो ।

यसबाहेक राष्ट्रिय टिमबाट खेलेका अनिल शाहलाई काठमाडौँ गोल्डेन्सले १ लाख ७० हजारमा किन्दा सुनिल धमलालाई धनगढी स्टार्सले १ लाख २० हजारमा अनुबन्ध गर्‍यो। यस्तै सुशन भारीलाई विराटनगर किंग्सले १ लाखमा अनुबन्ध गर्‍यो । भुवन कार्कीलाई सिवाइसी अत्तरियाले २ लाख १० हजारमा किन्दा आसिफ शेखलाई विराटनगरले १ लाख ८० हजारमा लियो । फास्ट बलर रसिद खानलाई काठमाडौँ गोल्डेन्सले १ लाख ७० हजारमा अनुबन्ध गर्‍यो । अभिनाश बोहरालाई महेन्द्रनगर युनाइटेडले १ लाख ७० हजार र कुशल मल्ललाई विराटनगर किंगसले १ लाख ६० हजारमा अनुबन्ध गरेको छ ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काले व्यक्तिगत कारण प्रतियोगिता नखेल्ने अनी भेट्रान शक्ति गौचनले सन्यास लिएका कारण यस पटक रणनीतिक खेलाडीमा परिवर्तन भएको छ। विराटनगरले पारसको स्थानमा करण केसालाई रणनीतिक खेलाडी बनाउँदा रुपन्देहीले शक्तिको स्थानमा बसन्तलाई लिएको हो । यस्तै महेन्द्रनगर युनाइटेडले गत सिजनका रणनीतिक खेलाडी विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई राखेको छ। शरदले गत सिजन डीपीएल खेलेका थिएनन् ।

डीपीएलको तेस्रो संस्करणका लागि यसअघि लगातार दुई पटक च्याम्पियन बनेको टिम चौराह धनगढीको नाम परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ । यस टिमको रणनीतिक खेलाडीमा सोमपाल कामी यथावत छन् । यस्तै काठमाडौँ गोल्डेन्सको रणनीतिक खेलाडीमा ज्ञानेन्द्र मल्ल तथा सिवाइसी अत्तरियामा दिपेन्द्र सिंह ऐरी छन् ।

तपाईको प्रतिक्रिया