Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – उपाधि होडमा आफूलाई पनि बलियो दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको टोटनह्यामले म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत गएराती राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० को जित निकाल्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो ।

अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरेका हुन् ।

तीनै गोल पहिलो हाफमा नै भएको हो । तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे ।

२६ औं मिनेटमा सनले गोल गरेपछि पहिलो ३० मिनेट भन्दा कम समयकै खेलमा ३–० को अग्रता बनायो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोलका लागि प्रयास भए पनि गोल हुन सकेन र टोटनह्याम ३–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४७ अंक छ र तेस्रो स्थानमा झरेको छ ।

शीर्ष स्थानको लिभरपुलको २० खेलबाट ५४ अंक छ अर्थात टोटनह्याम ६ अंकले पछि रहेको छ । २१ खेलबाट १८ जोडेको कार्डिफ १६ औँ स्थानमा कायम छ ।

तपाईको प्रतिक्रिया