Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा दोस्रो जित हात पारेको छ । मेलवर्न डर्बीमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको हो ।

रेनेगाड्सले दिएको १३९ रनको लक्ष्य स्टार्सले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । उक्त खेलमा सन्दीपले १ विकेट लिए । उनले रेनेगाड्का कप्तान टम कुपरलाई आउट गरे । ड्वाने ब्राभोले ३ तथा मार्कुस स्टोइनिस र स्कट बोल्याण्डले २-२ विकेट लिएपछि स्टार्सले रेनेगाड्सलाई १३८-९ मा रोकेको थियो । रेनेगाड्सका लागि डान क्रिस्टियन सर्वाधिक ३२ रन बनाए ।

स्टोइनिसले ओपनिङ गर्दै अर्धशतक प्रहार गरेपछि स्टार्सले लगातार दोस्रो खेलमा जित हात पारेको हो । त्यसअघि स्टार्सले सुरुवाती लगातार दुई खेल हारेका थिए । स्टोइनिसले ४९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा ७८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले ३३ र बेन डंकले ३२ रन जोडे । म्याक्सवेलले २२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

स्टोइनिस र डंकले पहिलो विकेटका लागि ६७ रनको साजेदारी गरे भने स्टोइनिसले तेस्रो विकेटका लागि म्याक्सवेलसँग ६५ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । रेनेगाड्सका लागि क्यामरुन बोएसले २ विकेट लिए ।

जितपछि ४ खेलबाट ४ अंङ्क जोडेको स्टार्स अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । समान अंक भएका सिड्नी थण्डर, एडेलेइड स्टाइकर्स र रेनेगाड्सलाई मेलवर्न स्टार्सले रनरेटमा पछि पारेको हो । ४ खेलबाट ४ खेल नै जित्दै ८ अंक जोडेको होबार्ट हुरिकेन पहिलो स्थानमा छ भने ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया