Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएकाे हाे ।

आज मदन भण्डारी स्र्पोटस् एकेडेमीको १० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भइरहेको जानकारी दिनुभयाे । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरुमा १-१ वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लगिएको पनि जानकारी दिनुभयाे ।

मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा ‘खेल ग्राम’ बनाउने कार्यविधि पनि तय गरिएको बताउनुभयाे । सरकारले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने योजना अघि सारेको थियो । मन्त्री विश्वकर्माले सोही योजनालाई साकार बनाउन सो सम्बन्धि कार्यविधि तय गरिएको पनि स्पष्ट पार्नुभयाे ।

तपाईको प्रतिक्रिया