Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्दैछ ।

यसअघिका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुनेछ । प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दिपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

तिन खेलमा ७ विकेट लिएका सन्दिप सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचीमा चौथो स्थानमा छन् ।

सिड्नी सिक्सर्सका स्टिभ ओकिफ ९ विकेटसहित शिर्ष स्थानमा छन् ।

आजको खेलमा विजयी भए सन्दिपको टोली मेलबर्न स्टार्सको सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्नेछ ।

मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनेगेड्स भने ४ अंक सहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया