Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यासमा सानदार प्रदर्शन गरिरहेका छन् । विभिन्न रंगशालामा हुने खेल हेर्न र सन्दीपलाई हौसला दिन अष्ट्रेलियास्थित नेपाली पनि मैदान पुग्ने गरेका छन् ।

मेल्वर्न स्टार्समा अनुबन्धित सन्दीपको भोलि हुने खेल हेर्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन् । क्रिकेट फेस्टिभलमा सहभागी हुन अष्ट्रेलिया पुगेका नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बिग ब्याश लिग हेर्ने निम्तो पाएका हुन् ।

भोलि मेलबर्न स्टार्सले मेलबर्न रेनेडेजसँग प्रतिस्पर्धा गर्दैछ । स्टार्सले त्यो खेल आफ्नै बक्समा बसेर हेर्नका लागि नेपाली कप्तान पारस खड्कालाई निम्तो दिएको छ ।

तपाईको प्रतिक्रिया