Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा सांसद चुनिएका छन् । आइतबार भएको आम निर्वाचनमा मुर्ताजा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट सांसदमा विजयी भएका हुन् ।

तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल-२ निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको  तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए । उनले यसअघि नोभेम्बरमा आफूमा सधैँ राजनीति गर्ने इच्छा रहेको बताएका थिए ।

३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन् । चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन् । उनले २०१७मा टि-ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए ।

सांसद बन्ने मुर्ताजा बंगालदेशका दोस्रो क्रिकेट कप्तान हुन् । यसअघि नइमुर रहमान दुरजाँय सांसद बनेका थिए । बहालवाला कप्तान सांसद बन्ने मुर्ताजा पहिलो हुन् । सांसद बने पनि उनले क्रिकेट खेल्ने बताइएको छ । २०१९ को विश्वकपपछि मात्र मुर्ताजाले सन्यास लिने बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया