Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – थाइल्यान्डमा हालै सम्पन्न विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जनलाई आज काठमाडौंमा नगर परिक्रमा गराइएको छ ।

ज्यापु महागुठीको अगुवाइमा भएको नगर परिक्रमा वसन्तपुरबाट सुरु भइ सहरका विभिन्न भागको परिक्रमापछि पुनः वसन्तपुर पुगेर टुंगिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, पूर्वमन्त्री तीर्थमान डंगोललगायत खेलप्रमीहरुको उपस्थिति थियो ।

दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महेश्वरले पुरुष ७५ केजी स्पर्धामा स्वर्णपदक जित्नुभएकाे हाे । नेपाली खेलाडीले शारीरिक सुगठनको विश्वस्तरमा स्वर्णपदक जितेको यो पहिलोपटक हो । समग्र अन्तर्राष्ट्रिय प्रतियोगितामा भने महेश्वरको यो दोस्रो स्वर्णपदक हो ।

दुई वर्षअघि भुटानमा भएको एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्समा पनि उहाँले स्वर्णपदक जित्नुभएकाे थियाे । महेश्वर नेपाली शारीरिक सुगठनको सर्वोच्च प्रतियोगिता धर्मश्रीको १३औं संस्करणका विजेता समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया