Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – इटालियन सिरी ‘ए’ फुटबलमा आज (शनिबार) विभिन्न टोलीको १० खेलहरु संचालन हुँदैछ ।

शनिबार शीर्ष स्थानको युभेन्ट्स, नापोली, इन्टर मिलान, एसी मिलान, रोमा लगायतका ठुला क्लबले आ-आफ्नो प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

लिग लिडर युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियाको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।

साम्पडोरियाविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितसहित उपाधि होड बलियो बनाउने लक्ष्यमा हुनेछ । युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डिबला, मारियो मान्डुज्कीज जस्ता खेलाडीको साथ रहनेछ ।

गत बुधबार एटलान्टाविरुद्ध एक एक गोलको बराबरीमा रोकिएको युभेन्ट्स शनिबार स्पष्ट ३ अंकको खोजीमा छ । एटलान्टाविरुद्ध हारतर्फ अग्रसर युभेन्ट्सलाई रोनाल्डोले दोस्रो हाफमा मैदान छिर्दै गोल गरेर उद्दार गरेका थिए ।

युभेन्ट्स लिगमा ५० अंक जोडेर शीर्ष स्थानमा छ । युभेन्ट्स दोस्रो स्थानको नापोली भन्दा ९ अंकले अघि छ ।

नापोलीले शनिबार बोलोग्नासंग घरेलु मैदानमा खेल्दैछ ।

इटालियन सिरी ‘ए’ अन्तर्गत इन्टर मिलानले इम्पोलीसंग प्रतिस्पर्धा गर्दा एसी मिलानले एसपीएलसंग खेल्दैछ । यस्तै रोमाले पर्मासंग खेल्नेछ ।

तपाईको प्रतिक्रिया