Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

क्राइस्टचर्च – घरेलु मैदानमा श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले शानदार प्रदर्शन गरेका छन् ।

कुल १५ ओभर बलिङ गरेका उनले ३० रन खर्चिएर ६ विकेट लिए । तर रोचक पक्ष यो छ कि उनले सबै विकेट १५ बलको अन्तरालमा हात पारेका हुन् । उनले ६ विकेट हात पार्दा १५ बलमा केवल चार रनमात्र दिएका थिए ।

उनले आफ्नो बलिङका क्रममा एउटा ओभरमा यति उत्कृष्ट प्रदर्शन गरे कि, सो ओभरमा कुनै रन नदिइ तीन विकेट लिएका थिए ।

बोल्टले श्रीलंकाका रोशन सिल्भा, निरोशन डिकभेला, दिरुवान परेरा, सुरंगा लकमल, दुश्मन्ता चमिरा र लाहिरु कुमारालाई पवेलियन फर्काएका हुन् ।

श्रीलंकाको ब्याटिङ क्रमका पुछारका ६ विकेट बोल्टले आफ्नो नाम लेखाएका हुन् । उनले लिएका विकेटमध्ये ४ वटा ‘एलबीडबल्यु’ थिए भने दुई विकेट टिम साउथीको हातमा ‘क्याच’ थमाएर हासिल भएको थियो ।

बोल्टकै घातक बलिङ सामू निरीह हुँदै श्रीलंका १०४ रन मै समेटिएको छ । न्यूजिल्याण्डले पहिलो पारीमा १७८ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया