Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ –  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बुधबार)बाट एघाराै चरणका खेल सुरु हुदैछ । दिनको पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । अघिल्लो खेलमा उपाधि दाबेदार संकटालाई बराबरीमा रोकेको ब्रिगेड सोही प्रर्दशनको निरन्तरता चाहन्छ ।

हिमालयन शेर्पा क्लब महत्वपुर्ण ३ अंक जोड्दै तालिकाको शीर्ष पाँच भित्र अटाउने लक्ष्यमा हुनेछ । शेर्पा १४ अंक सहित तालिकाको आठौ स्थानमा र ब्रिगेड ६ अंक सहित १२ औ स्थानमा छ ।

सोही स्थानमा दिउँसो साँढे २ बजे जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो चरणमा सरस्वतीविरुद्वको प्राप्त जितले मछिन्द्र उत्साहित छ । उसले दशौँ चरणको खेलमा सरस्वतीलाई ४–२ गोल अन्तरले हराएको थियो ।

जावलाखेल कमजोर मानिएको एनआरटीसंग व्यहोरेको हारको पिडाबाट मुक्त हुँदै प्रतियोगितामा फर्कन चाहन्छ । जावलाखेल ८ अंक सहित दशौँ स्थानमा रहदाँ मछिन्द्र ६ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

एपीएफको हलचोक मैदानमा दिउँसो साँढे २ बजे एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको पुछारमा रहेको एनआरटीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । सोही लक्ष्य ललितपुरे क्लब फ्रेन्ड्सले समेत बोेकेको छ ।

दुवै टोली पछिल्लो खेलमा प्राप्त जितको नतिजाले उत्साहित छन् । अघिल्लो खेलमा एनआरटीले जावलाखेल र फ्रेन्ड्सले हिमालयन शेर्पालाई पराजित गरेको थियो । फ्रेन्ड्स ८ अंक सहित तालिकाको एघारौ स्थानमा रहदाँ एनआरटी ४ अंक सहित तालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया