Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – आन्तरीक र वाह्य पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले चितवनको सौराहामा आयोजना गर्न लागिएको हात्ती महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आज देखी १५ औं संस्करणको हात्ती महोत्सव सुरु हुदैछ ।

महोत्सवको आन्तरीक र वाह्य सम्पुर्ण तयारी पुरा भएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष एवंम् महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो । महोत्सवका लागि सौराहालाई सजाईएको छ ।

महोत्सवस्थल आकर्षक वनाईएको छ । महोत्सवको आज एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि राप्ती नदि किनारदेखी विभिन्न जातजाति,संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभा यात्रा निकालिने छ ।

महोत्सव बाघमारा चौरमा हुने छ । हात्ती महोत्सवमा हात्ती फास्ट वाक,हात्तीका छावाहरुबीच फुटवल प्रतियोगिता,हात्ती पोलो,हात्ती पिकिनिक,हात्ती सुन्दरी प्रतियोगिता,संरक्षणमुलक कवि गोष्ठीका साथ दैनिक सास्कृतिक कार्यक्रम पनि हुनेछन् ।

हात्ती महोत्सवको उद्घाटनका अवसरमा २ जना संरक्षणकर्मी र २ जना पर्यटन व्यवसायीलाई सम्मान गरिने क्षेत्रीय होटल संघ नेपाल चितवनका प्रथम उपाध्यक्ष एवंम् महोत्सवका प्रवक्ता दिपक भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसाय तर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया