Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगमी बुधबारदेखि मेलवर्नमा सुरू हुँदैछ।

यसअघिका दुई खेलमध्ये पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको थियो। यसैबीच अष्ट्रलेयाले भारतविरूद्धको तेस्रो टेस्टका लागि आफ्नो १४ सदस्यीय घोषणा गरेको छ।

जसमा ७ वर्षिय आर्ची शिलरलाई टोलीमा राखिएको छ। कप्तान टिम पेनले घोषित टोलीमा रहेका आर्चीलाई सह-कप्तान बनाइएको छ। पछिल्लो केहि दिन आर्चीले अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास गरिरहेका छन्। आर्चीले गरेको अभ्यासको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अन्तर्राष्ट्रिय समाचार अनुसार गत डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो। उक्त शल्यक्रियामा चिकित्सकले जे पनि हुनसक्ने बताए पछि आर्चीका बुबाले उनलाई आफ्नो इच्छाबारे सोधेका थिए।

त्यतिखेर उनले अष्ट्रेलियन टोलीको कप्तानी गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने आफ्नो इच्छा रहेको बताए। आर्चीको उक्त प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले सात वर्षे बालकलाई उनको चाहना पुरा गर्न मौका दिएको हो। अस्ट्रेलियाली कप्तान टिम पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा यस्तो घोषणा गरेका हुन्।

विराट कोहली र टिम पेनले आर्चीसँगै फोटो खिचाएका छन्। आर्ची अस्ट्रेलियाई स्पिनर नाथन लायनका ठूलो फ्यान पनि हुन्। आर्ची तीन महिनाको हुँदा उनलाई मुटुरोग लागेको थियो। त्यतिखेर मेलबर्नमा डाक्टरहरूले सात घन्टा लगाएर उनको पहिलो सर्जरी गरेका थिए।

६ महिना पछि फेरि उनको मुटुको भल्ब फेर्नुपर्‍यो।  त्यसपछि पुनः उनलाई मुटुको समस्या बल्झियो । चिकित्सकका अनुसार अब उनको मुटुको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको छ।  यसमा जे पनि हुन सक्ने बताएका छन्।

तर सन् १०१८ को क्रिसमसले आर्चीका लागि खुसी लिएर आउनेछ। अस्ट्रेलियाली कप्तान टिम पेनले आर्चीले हाम्रो टिमको नेतृत्व गर्नु हाम्रा लागि प्रेरणादायी कुरा भएको बताएका छन्।‘हामीलाई थाहा छ, आर्ची र उनका परिवार ठूलो समस्यामा छन्। आर्चीलाई यो अवसरले केही राहत दिनेछ,’ उनले भने।

तपाईको प्रतिक्रिया