Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ ।

गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो ।

एभर्टनलाई उसैको मैदानमा हराउन टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गर्दा डेले अली र क्रिश्चियन एरिक्सनले एक–एक गोल थपे ।

जितसँगै टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई २ अंकमा झारेको छ । १८ खेलबाट टोटनह्यामको ४२ अंक छ ।

म्यान्चेष्टर सिटीको ४४ अंक छ भने ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

टोटनह्याम अब चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि छ ।

तपाईको प्रतिक्रिया