Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको  दोस्रो संस्करणको उपाधि ललितपुरले हात पारेको छ ।

फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ भने उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो ।

टस हारेर ललितपुरले भैरहवासामू  १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो । तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो । भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । मोहम्मद नविदले १० रन बनाउन सके ।

ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमात्रै बनाउन सक्यो । उसका जयकिशन कोल्सावालाले ५७ रनको अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ३ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भुर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले तीन तथा मोहम्मद नाभिद र रोयन टेन ड्यासच्याटले २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया