Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – खेलाडी आचरण उलङ्घन गरेको भन्दै ईमिरेट्स क्रिकेट बोर्ड ईसीबीले कप्तान रोहन मुस्तफा सहित ३ खेलाडीलाई ८ साताका लागि निलम्बन गरेको छ ।

यसै महिना पाकिस्तानमा भएको ईमर्जिङ टिम्स् कप क्रिकेटका क्रममा खेलाडी आचरणको उल्लघन गरेको भन्दै कप्तान मुस्तफा सहित अहमद राजा र रामेज साहजादलाई निलम्बन गरिएको बोर्डले जनाएको छ ।

ईसीबिले विज्ञप्तीमार्फत उनीहरुलाई ८ साताका लागि निलम्बन गरेको जनाएको छ । इमर्जिङ टिम्स कप क्रिकेटमा आयोजकविरूद्ध अनावश्यक टिप्पणी गरेको उनीहरुमाथि आरोप लगाईएको छ । कप्तान मुस्तफा अहिले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल खेल्न नेपालमा रहेका छन् ।

यद्यपी उनी आबद्ध काठमाण्डौ किंग्स एलेभेन प्रतियोगिताको प्लेअफ चरणबाटै बाहिरिसकेको छ । यो कारबाहिका कारण नेपाल र युएईबीच जनबरीमा हुने भनिएको वान डे सिरिज र ट्वान्टी–२० सिरिजमा मुस्तफा सहितका ३ खेलाडी उपलब्ध नहुने संभावना बढेको छ ।

तपाईको प्रतिक्रिया