Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दसौं चरणका खेल सुरु हुँदैछन् । दसौं चरणको पहिलो दिन आज तीनवटा खेल हुने छ । आजका खेलहरुले उपाधि समीकरणमा भने कुनै प्रभाव पार्नेछैन ।

एन्फा मैदान सातदोबाटोमा हुने आजको पहिलो खेलमा मच्छिन्द्र क्लब र सरस्वती युथ क्लब भिड्ने छन् । एन्फा मैदानमै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्ने छन् । यसैगरी हलचोक मैदानमा जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) आमने सामने हुनेछन् ।

जारी लिगको नवौं चरणसम्म अपराजित रहेको मनाङ मर्स्याङ्दीले २७ अंकसहित तालिकाका अग्रता लिएको छ । २४ अंक जोडेको संकटा क्लब दोस्रो स्थानमा रहँदा २२ अंकसहित थ्री–स्टार क्लब तेस्रो स्थानमा छ । लिगमा एनआरटी र मच्छिन्द्र क्लबले जित निकाल्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया