Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – काठमाडौं किंग्स एल्यावेनलाई आज सम्पन्न दोस्रो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स दोस्रो पटक एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

गत संस्करणको उपविजेता भैरहवाले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ। ललितपुर पहिलो क्वालिफायरमा जित निकाल्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको हो । काठमाडौंले दिएको १ सय १ रनको सामान्य लक्ष्य भैरहवाले ३ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेटाएको थियो ।

उसका रायन टेन ड्यासच्याटले ४५ रनको पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका थिए । ३८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । यस्तै भैरहवाका रविइन्दर सिंहले ३१ रनको पारी खेले ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय रनमात्रै बनाउन सक्यो । काठमाडौंका लागि सन्दीप रिजालीले सर्बाधिक २७ रनको पारी खेले । २६ बल सामना गरेका उनले १ चौका र एक छक्का प्रहार गरे । यस्तै प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

भैरहवाका कुशल मल्लले ३ विकेट लिए । चार ओभरको स्पेलमा उनले २० रन खर्चे । यस्तै मोहम्मद नाभिदले २ तथा शरद भेषावकर र अविनाश बोहराले एक एक विकेट लिए ।

खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ । ललितपुर यसअघि नै फाइनलमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया