Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्श एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा बिहीबार भैरहवाले काठमाडौं किंग्स एल्यावेनको सामना गर्नेछ । उक्त क्वालिफायरको विजेता टोलीले फाइनलमा ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको इलिमिनेटरमा चितवनले दिएको १ सय ४० रनको लक्ष्य भैरहवाले ६ विकट गुमाएर भेटाएको थियो । उसका प्रदीप ऐरीले ४२, कप्तान शरद भेषावकरले २९, कुशल मल्लले २७ र रोहित पौडेलले २४ रनको पारी खेल्दै टोलीलाई उपाधि नजिक पुर्याएका हुन् । भैरहवा गत संस्करणको उपविजेता टोली पनि हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । उसका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ५६ रनको अर्धशतकीय पारी खेलेपनि अन्य खेलाडीले साथ नदिँदा चितवनले ठूलो स्कोर बनाउँन सकेन् । ४५ बलमा सम्हालिएर खेलेका ऐरीले ६ चौका र एक छक्का प्रहार गरे ।

यस्तै पाउल स्टर्लिङ र जोन सम्प्ससोनले समान १४-१४ रनको पारी खेले भने कमलसिंह ऐरीले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । भैरहवाका मोहम्मद नाभिदले ३, आकाश बोहराले २ तथा रायन टेन डेसच्याट, कृष्ण कार्की र भुवन कार्कीले समान १-१ विकेट लिए ।

तपाईको प्रतिक्रिया