Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – विश्वका कतिपय देशहरु उच्च जनसंख्या वृद्धिका कारण पिरोलिएका छन् र जनसंख्या नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै छन् ।

तर कतिपय देशहरुमा जनसंख्या घटेर तनाव छ । जनसंख्याको कमीका कारण पिरोलिरहेको एउटा देश हो, सर्बिया । उक्त देशको जनसंख्या जम्मा ७० लाख छ । जनसंख्या बढाउनका लागि सर्बियाले अनेक खालका प्रयास गरिरहेको छ ।

हालै सर्बियामा जनसंख्या बढाउनका लागि नयाँ नारा सुरु गरिएको छ । नारा रोचक छ: ढिलो नगर्नुस्, बच्चा जन्माइहाल्नुस् । अर्को नारा छ: आउनुहोस् बच्चाको आवाज सुन्नुहोस् ।

उता महिलाहरु भने त्यो नाराबाट खासै प्रभावित छैनन् । आम महिलाहरुका अनुसार सरकारले जनसंख्या वृद्धिका लागि सर्वसाधारणलाई सहयोग गर्नुको साटो मिठो नारामात्र अघि सारेर हुँदैन । सर्बियामा धेरै मानिस देश छाडेर बाहिर जाने गरेका छन् भने देशमा जन्मदरमा पनि कमी आइरहेको छ ।

सर्बियामा हरेक दुई परिवारमा तीनजना बच्चा छन्, जुन युरोपमा सबैभन्दा कम हो । अहिले सर्बियाको जनसंख्या ७० लाख रहेकोमा सन् २०५० सम्ममा १५ प्रतिशतले घट्ने राष्ट्रसंघले जनाएको छ । सरकारले देशमा महिलाहरुको प्रजननदर वृद्धिका लागि एउटा अनौठो योजना पनि ल्याएको छ ।

जस अनुसार जन्मदर कम भएका क्षेत्रहरुमा एक दुईतले घरहरु बढि मात्रामा निर्माण गरिनेछ । अध्ययन अनुसार बढि अग्लो घरमा बस्ने दम्पत्तिहरुमा भन्दा स साना घरमा बस्ने दम्पत्तिहरुमा जन्मदर बढि भएको पाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया