Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – शक्ति गौचनले आफ्नो दुई दशक लामो क्रिकेटिङ यात्रा अाजको खेलबाट टुंग्याएका छन् । उहाँले टीभीएस एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेल अन्तर्गत पोखरा राइनोजबाट चितवन टाइगर्ससँग खेल्दै आफ्नो खेल जीवन टुंग्याउनु भएकाे हाे ।

गौचन सम्मिलित अन्तिम खेलमा पनि पोखरा पराजित भएको छ । चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरालाई ७ विकेटले पराजित गर्‍यो । बिदाइ हुँदैगर्दा शक्ति निकै भावुक देखिनु हुन्थे । उहाँले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताउनुभयाे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो खेलाडीको रुपमा परिचि शक्तिलाई ‘द पावर’ नामले पनि चिनिनु हुन्छ । उहाँले गत असारमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया