Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – इजिप्ट र लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले फेरि ‘अफ्रिकन फुटबलर अफ द इयर’ घोषित भएका छन् । उनले बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका हुन् ।

बिबिसीले यसका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । सूचिमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । भोटि.का आधारमा चयन हुने यस उपाधि  २६ वर्षीय सलाहले सर्वाधिक भोट ल्याएर दोस्रोपटक पनि आफ्नो पक्षमा पार्न सफल रहे ।

‘पुनः यो उपाधि जित्दा म खुसी भएको छु । र, अर्को वर्ष पनि यो मैले नै जित्ने छु’, उनले प्रशन्नता व्यक्त गर्दै भनेका छन्’ , अफ्रिकन फुटबलर अफ द इयर भएपछि सलाहले भने । प्रिमियर लिगको वर्ष खेलाडी सलाहले लिभरपुलको अन्तिम सिजनमा ५२ खेलमा ४४ गोल गरेका थिए । उनले अर्को वर्ष पनि यो उपाधि जित्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया