Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – काठमाडौं किंग्स-११ लाई १० विकेटले हराउँदै ललितपुर प्याट्रियट्स एक खेल अगावै टीभीएस ईपीएलको प्लेअफमा प्रवेश गरेको छ । ललितपुरले चार खेलमा तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ । बुधबारकै पहिलो खेलमा विराटनगर वारियर्सलाई पराजित गरी भैरहवा ग्ल्याडिएटर्स पनि प्लेअफमा पुगिसकेको छ ।

काठमाडौंले दिएको ११० रनको लक्ष्य ललितपुरले १०.३ ओभरमा बिना क्षति पुरा गर्‍यो । उसका लागि ओपनर गौरव तोमरले विष्फोटक ब्याटिङ गरी ३५ बलमा ८० रन पुरा बनाए । उनले २५ बलमा अर्धशतक पुरा गरेका थिए । त्यस्तै अर्का ओपनर जयकिसन कोल्सावालाले पनि २८ बलमा २७ रनको अविजित इनिङ्स खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएर १ सय ९ रनको योगफल बनाएको थियो ।

काठमाडौंका लागि कप्तान केविन ओ’ब्राइनले ३३ बलमा ४२, सिद्धान्त लोहनीले २१ र संशाद शेखले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ ललितपुरका पवन सर्राफले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । योगेन्द्र सिंह कार्की र रसिद खानले २/२ विकेट लिए । काठमाडौंको दोस्रो खेलमा पहिलो हार हो । यसअघि पहिलो खेलमा काठमाडौंले चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया