Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् । माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट गोलकिपरको मनोनयनमा चेम्जोङ परेका हुन् ।

अवार्ड विजेताको घोषणा यहि डिसेम्बर १९ मा हुनेछ । माल्दिभ्सको टिसी स्पोटर्सबाट व्यवासायिक लिग खेलिसकेका किरण वर्षको उत्कृष्ट गोलकिपरको मुख्य दोबदार समेत हुन् । किरणसँगै मोहमद फैसल र सुजन परेरा समेत मनोनयनमा परेका छन् । क्लबलाई लिग जिताउन किरणले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया