Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – टटनह्याम, पेरिस सेन्ट जर्मेन र लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

गएराती बार्सिलोनासँग १–१ को बराबरी खेलेको टटनह्याम समुह बीबाट समुह उप–विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको सातौँ मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि अन्तिम समय सम्हालिन नसक्दा बार्सा बराबरीको नतिजामा पुगेको थियो ।

८५ औँ मिनेटमा लुकास मौराले गोल गर्दै टटनह्यामलाई एक–एकको बराबरीमा पुर्याए । बराबरीसँगै टटनह्याम समान अंक भएको ईन्टर मिलानलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोना भने यसअघि नै प्रिक्वाटर फाईनलमा पुगिसकेको छ । रेड स्टार बेल्ग्रेडलाई ४–१ ले हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले ग्रुप सीको बिजेताको रुपमा नकआउटचरणमा स्थान बनायो ।

उसलाई सहज जित दिलाउने क्रममा एडिसन काभानी, नेयमार, मार्कक्विनहोस र केलियन एम्बाप्पेले एक एक गोल गरे । सोही समुहको अर्को खेलमा नापोलीलाई १–० ले हराउँदै लिभरपुलले पनि समुह उप–विजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।

लिभरपुललाई संर्घषपुर्ण जित दिलाउन ३४ औँ मिनेटमा महम्मद सालेहले गरेको गोल निर्णायक बन्यो । गएराती नै बोरुसिया डर्टमण्डले मोनाकोलाई २–० ले पराजित गर्दा एट्लेटिको मड्रिडले क्लब ब्रुजसँग गोलरहित बराबरी खेलेको छ ।

डर्टमण्ड र मड्रिड यसअघि नै प्रतियोगीताको प्रिक्वाटर फाईनलमा प्रवेश गरिसकेका छन् । अन्य खेलमा साल्केले लोकोमोटिभ मस्कोलाई १–० ले तथा एफसी पोर्टोले गालातासारेलाई ३–२ ले पराजित गरे । पोर्टो र साल्केपनि यसअघि नै अन्तिम १६ मा प्रबेश गरिसकेका थिए ।

पीएसभी ईण्होभानसँग १–१ को बराबरीमा रोकिएको ईन्टरमिलान भने समुहचरणमै रोकियो ।

तपाईको प्रतिक्रिया