Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको ईन्जुरी समयको अन्तिम मिनेटमा एभर्टनका लुकास डिग्नेले फ्रि– किकमार्फत गोल गर्दै एभर्टनलाई बराबरी गराए ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनले ब्राजिलियन खेलाडी रिचार्लिसनको गोलमार्फत अग्रता लियो । दोस्रो हाफमा एभर्टनकै सिमस कोलम्यानले आत्माघाती गोल गरेपछि वाटफोर्ड खेलमा फर्कियो ।

त्यसको २ मिनेटपछि डोकोउरेले एक गोल थप्दै वाट्फोर्डलाई अग्रता दिए । पराजयको संघारमा पुगेको एभर्टनलाई डिग्नेले ईन्जुरी समयमा उद्धार गरेका हुन् ।

बराबरीपछि एभर्टन २४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । २१ अंक जोडेको वाटफार्ड १२ औ स्थानमा छ ।

लिगमा ४२ अंक सहित लिभरपुल शीर्ष स्थानमा रहँदा ४१ अंक जोडेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया