Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातौँ चरणमा अन्तिम २ खेल हुँदैछन् । आजको पहिलो खेलमा लिगमा अपराजित रहेको बिभागीय त्रिभुवन आर्मीले ११ औँ स्थानको ब्रिगेड ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे मैदान उत्रँदा आर्मी पाँचौ जितको खोजीमा रहनेछ । ब्रिगेड भने दोस्रो जितसँगै कम्तीमा २ स्थान सुधार गर्ने योजनामा रहेको छ ।

आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मनाङ मस्र्याङदी र तेह्रौँ स्थानमा रहेको मछिन्द्र फुटबल आमने सामने हुनेछन् । लिगमा शत प्रतिशत नतिजासंगै शीर्ष स्थानमा रहेको मनाङ जितको श्रृंखला जारी राख्दै दोस्रो स्थानमा रहेको थ्रीस्टारसंगको दुरी ३ अंकले बढाउने दाउमा छ ।

अघिल्ला ६ मध्ये ३ बराबरी र ३ खेलमा हार भोगेको मछिन्द्र भने पहिलो जितको खोजीमा छ । दोस्रो खेलपनि सोहि मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

लिगको सातौँ चरण जारी रहँदा मनाङ, थ्रीस्टार र संकटा समान १८ अंकका साथ क्रमश तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । मछिन्द्र र न्युरोड टीम एनआरटी भने जितबिहिन रुपमा तालिकाको पुछारमा रहेका छन् ।

तपाईको प्रतिक्रिया