Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटोडोरेसको उपाधि अर्जेन्टिनाको रिभर प्लेटले जितेको छ ।

अर्जेन्टिनामा पटक–पटक स्थगित भएपछि गएराति स्पेनको राजधानी मड्रिडमा भएको फाइनलमा आफ्नै देशको बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उपाधि जितेको हो ।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । गएराति भएको दोस्रो लेगको खेलमा रिभर प्लेट अतिरिक्त समयमा ३–१ ले विजयी भयो ।

समग्रमा ५–३ को जित दर्ता गर्दै रिभर प्लेटले बोका जुनियर्समाथि ऐतिहासिक जित दर्ता गर्‍यो । कोपा लिबरटोडोरेसको फाइनलमा दुई अर्जेन्टाईनी प्रतिद्वन्द्वी रिभर प्लेट र बोका जुनियर्स भिडेको यो पहिलो अवसर हो ।

कट्टर प्रतिद्वन्द्वीबीचको दोस्रो लेगको खेल रिभर प्लेटको मैदानमा हुनुपर्ने थियो । तर बोका जुनियर्सका खेलाडी सवार बसमाथि रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि रोकिएको खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट झन्डै ६ हजार माईल टाढा स्पेनको राजधानी मड्रिडमा सारिएको हो ।

तपाईको प्रतिक्रिया