Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  –  ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले हराएर ललितपुरले पहिलो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४४ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभरमा ८ विकेट गुमाएर मात्र १३२ रन जोड्न सक्यो। चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन ।

यस्तै चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडे । ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाएको थियो ।  ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए  । यस्तै सन्दीप जोरा ८ बलमा २५ रन जोडेर अविजित रहे  ।

त्यस्तै गौरव तामोरले ३० रन जोड्दा जयकिशन कोल्शावालाले २० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट हुँदा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए  ।

जितसंगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो । चितवनले भने हारबाट लिगको सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया