Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – बार्सिलोनाले इस्पान्योललाई ४-० को फराकिलो गोलअन्तरले हराउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको जितमा कप्तान मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल गरेका थिए ।

खेलको १७औं मिनेटमा कप्तान मेसीले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाएका थिए । इस्पान्योलको मैदानमा भएको खेलमा २६औं मिनेटमा मेसीकै पासमा डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिनै लाग्दा डेम्बेलेको पासमा लुईस सुआरेजले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफमा उस्तै आक्रमण बुनेको बार्सिलोनाले खेलको ६५औं मिनेटमा मेसीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे ।यसपछि कुनै पनि गोल भएन र खेल बार्सिलोनाले ४–० को फराकिलो अन्तरले जित्यो। मेसीले दुवै गोल फ्रिकिकबाट गरेका थिए । यो जितसँगै लिगमा बार्सिलोनाले १५ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ। उता पराजित स्पान्योल २१ अंकसहित लिगको नवौं स्थानमा छ । यस्तै शनिबार राति सेभिल्ला भ्यालेन्सियासँग १-१ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभिल्ला र एथ्लेटिको मड्रिडसँगको अंक दूरी ३ मा पुर्‍याएको छ ।

बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो स्थानमा रहँदा यसअघि अलाभेसलाई ३-० ले हराएको एथ्लेटिको मड्रिड समान २८ अंकसहित तेस्रो स्थानमा छ । २४ अंकसहित अलाभेस चौथो स्थानमा रहँदा एक खेल कम खेलेको रियल म्याड्रिड २३ अंकसहित लिगको पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया