Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सिटीको अपराजित यात्रालाई चेल्सीले ब्रेक गरेको छ । शनिवार भएको खेलमा चेल्सीले सिटीलाई घरेलु मैदान २-० ले पराजित गरेको हो । त्यसअघि मोहमद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुल एएफसी बर्नमाउथलाई ४-० ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको थियो ।सिजनको पहिलो हारपछि सिटी दोस्रो स्थानमा छ र लिभरपुलभन्दा एक अंकले पछि परेको छ । चेल्सीलाई जित दिलाउन घरेलु मैदान स्टानफोर्ड ब्रिजमा एन गोलो कान्टे र डेभिड लुइजले एक एक गोल गरे । उता लिभरपुललाई जित दिलाउन सलाहले ह्याट्रिक गर्दा बर्नमाउथका स्टेफन कुकले एक आत्मघाती गोल गरे । जितपछि १५ खेलबाट ४२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। समान खेलबाट ४१ अंक रहेको सिटी दोस्रो स्थानमा छ ।

सिटीलाई हराएको चेल्सी ३४ अंक जोड्दै चौथो स्थानमा छ । अर्को खेलमा लेस्टरलाई २-० ले पराजित गरेको टोटनहम ३६ अंकसहित तेस्रो स्थानमा छ । यस्तै हडर्शफिल्डलाई १-० ले पराजित गर्दै आर्सनलले ३४ अंङ्क जोडेको छ। चेल्सीसँग गोलअन्तरमा पछि परेको आर्सनल पाँचौमा छ । यसैगरी फुलहमलाई ४-१ ले पराजित गर्दै २६ अंक जोडेको म्यानचेष्टर युनाइटेड छैटौँ स्थानमा उक्लेको छ ।

तपाईको प्रतिक्रिया