Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय टिमले राष्ट्रिय र अन्तर्रााष्ट्रिय सफलतासँगै नेपालमा क्रिकेट विस्तारै व्‍यावसायिक बनिरहेको छ । त्यसमा पनि छोटो संस्करण टी-२० फर्मयाटको लोकप्रियता यतिधेरै बढेको छ कि हरेकपटक हुने प्रतियोगितामा उतिकै लोकप्रियता रहँदै आएको छ ।

२०१६ बाट सुरु गरिएको एभरेस्‍ट प्रिमियर लिग गत संस्करण हरेकपटक रोचक र थप उतकृष्ट बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ । गत संस्करणमा विदेशी खेलाडी अनिवार्य गरिएको प्रतियोगितामा योपटक चर्चित विदेशी अनुहार टियु मैदानमा देखिँदै छन् । पहिलो संस्करणमा व्‍यावसायिक घरनाकै नामबाट प्रतियोगिता सुरु गरिए पनि दोस्रो संस्करणमा आएर विभिन्न सहरका नामबाट प्रतियोगिता गर्न सुरु गरिएको हो ।

आजबाट औपचारिक रूपमा सुरु भएकाे तेस्रो संस्करणमा ६ टिमले उपाधि होडमा प्रतिस्‍पर्धा गर्नेछन् । यो पटकको दर्शकका लागि महत्वपूर्ण र मुख्य मानिएको र रोमाञ्चक्ताको महत्वपूर्ण विषय दर्शक क्याच रहेको छ । बाउन्ड्री जाने छक्कालाई कुनै पनि दर्शकले एक हातले क्याच गरे नगद ५० हजार दिइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया