Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट शनिवारदेखि सुरु हुँदैछ । ‘द बिगेस्ट’ नारा रहेको इपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयारी अवस्थामा छ ।

आयोजकले यस प्रतियोगितालाई भव्य बनाउन यस पटक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कमेन्टेटरदेखि अन्तर्राष्ट्रिय चियरलिडर्सलाई समेत भित्र्याइसकेको छ । दुई साता चल्ले प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता विराटनगर सहित भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रिओट्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज र चितवन टाइगर्सले उपाधि जित्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक दक्षिण अफ्रिका, भारत, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स देखि हङकङसम्मका गरी कूल १९ विदेशी खेलाडीले इपीएल खेल्नेछन् । यस्तै भारत र अष्ट्रेलियाका एक-एक प्रशिक्षक समेत इपीएलको टिममा अनुबन्ध भइसकेका छन् । विश्व क्रिकेटमा नाम चलेका खेलाडीको उपस्थितीले यस पटक इपीएल भव्य र उत्कृष्ट बन्ने आयोजकको विश्वास छ । उनीहरुबाट नेपाली खेलाडीले धेरै सिक्न समेत पाउने नेपाली खेलाडीहरुको भनाई छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भोली साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दैछन् । विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्दैछन् । भोलीको खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस भर्से उपकप्तान ज्ञानेन्द्रबीचको भिडन्तको रुपमा हेरिएको छ । यसैगरी उद्घाटन खेलअघि दिपक बज्राचार्यल सांगितिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।

इपीएलमा सहभागि ६ टिमले राउण्ड सिंगल राउण्ड रोविन लिगमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिगपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् र त्यसपछि क्वालिफायर, एलिमिनेटर खेल हुनेछ ।

तपाईको प्रतिक्रिया