Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगितामा जर्मनीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

हिजो बेलुकी भएको समुह डि को खेलमा विश्व वरियताको छैटौं स्थानमा रहेको जर्मनीले चौथो स्थानको नेदरल्याण्ड्सलाई ४–१ ले हरायो ।

यही समुहको अर्को खेलमा मलेसियाले पाकिस्तानलाई १–१ गोलको बराबरीमा रोक्यो ।

गएरातीको जितसँगै जर्मनीले प्रतियोगिताको क्वाटरफाईनलमा स्थान पक्का गरेको छ । २ खेलबाट उसको ६ अंक भएको छ ।

समान खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो तथा १–१ अंक जोडेका पाकिस्तान र मलेसिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

विश्वकप हक्कीमा आज स्पेन र न्युजिल्याण्ड तथा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया