Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुदैछ । छैटौ चरणको अन्तिम दिन एनआईबीएल फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ब्रिगेड ब्वाईज क्लबले मछिन्द्र क्लबसंग खेल्नेछ ।

लिगको उपाधि दाबेदार विभागीय टिम आर्मीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । खराब लयबाट गुज्रिरहको फ्रेन्ड्स माथि जित हात पार्दै आर्मी शीर्ष स्थानको मनाङलाई दबाब दिने लक्ष्यमा हुनेछ ।

दोहोरो पहेलो कार्डका कारण कप्तान तथा स्ट्राईकर भरत खवासले आजको खेल गुमाउनेछन् । अर्का फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण मैदान बाहिर रहदै आएका छन् । सोही कारण फ्रेन्ड्सविरुद्व उत्रदै गर्दा आर्मीलाई अग्रपङ्तीमा समस्या हुन सक्छ ।

आर्मी ५ खेलबाट १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । फ्रेन्ड्स ४ अंक सहित तालिकाको १० औ स्थानमा छ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाईजले मछिन्द्रसंग प्रतिस्पर्धा गर्नेछ । पुछारका दुई टोली ब्रिगेड र मछिन्द्रलाई छैटौ चरणको खेलमा जित निकाल्दै अंक तालिका सुधार गर्ने अवसर छ ।

विभागीय टिम एपीएफलाई पराजित गरेको ब्रिगेडले सोही स्तरको नतिजालाई दोह¥याउन सकेको छैन । मछिन्द्रले भने प्रतियोगितामा एउटै जित समेत निकाल्न सकेको छैन ।

ब्रिगेड ३ अंक जोडेर १२ औ स्थानमा रहदाँ मछिन्द्र २ अंक जोडेर तालिकाको १३ औ स्थानमा छ ।

तपाईको प्रतिक्रिया