Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभिन्न ३ खेल हुँदैछन् ।

आज शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबले ११ औँ स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो स्थानमा रहेको संकटासँगको दुरी बढाउन मनाङलाई आजको खेल महत्वपुर्ण रहेको छ ।

लिगमा अपराजित रहेको मनाङ जितको श्रृंखला जारी राख्ने लक्ष्यमा रहँदा जावलाखेल युथ क्लब दोस्रो जितको खोजीमा रहेको छ । २ टोलीबीचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

सोहि मैदानमा दिउँसो साढे २ बजे हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब आमने सामने हुनेछन् । छैठौं स्थानमा रहेको शेर्पा चौथो र नवौ स्थानमा रहेको च्यासल दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछन् ।

आजै हुने तेस्रो खेलमा थ्रीस्टार र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेल हल्चोकस्थित एपीएफ मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । ४ जित र १ हारसँगै चौथो स्थानमा रहेको थ्रीस्टार पाँचौ जित हात पार्ने लक्ष्यमा रहदा सरस्वती तेस्रो जितसँगै तालिकामा सुधार गर्ने योजनामा मैदान उत्रनेछ ।

तपाईको प्रतिक्रिया