Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ ।

आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पुर्याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो बैठक काठमाडाैंमा बस्न लागेको हो । बैठकमा आइससिसीका प्रतिनिधिसहित नेपालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निलम्बित क्यानका प्रतिनिधि सहभागी हुने निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकमा क्यानको जिल्ला निर्वाचनका विषयमा औपचारिक छलफल हुनेछ ।

यसअघि गत साउन अन्तिम साता काठमाडौँमा मनिटरिङ कमिटीको बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने विषयमा सहमति जुटाएको थियो । यसअघिको बैठकले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन र क्यानको तदर्थ समिति भङ्ग गर्न क्रिकेटका सरोकारवाला पक्षलाई आग्रह गरेको थियो । तर निलम्बित क्यानले विवाद समाधानको मार्गचित्र नबनेसम्म मुद्दा फिर्ता लिन नसकिने जिकिर गर्दै आएको छ । तर विवाद समाधानका लागि मुद्दा फिर्ताको सैद्धान्तिक सहमति भने बोर्डबाट पास गराइसकेको छ ।

निलम्बित क्यानको गत कात्तिक १० गते बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको थियो । बैठकले मुद्दा फिर्तासँगै क्यानको निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको थियो । समितिको संयोजकमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरू दिवाकर घले, शैलेश चौधरी र सञ्जयराज सिंह हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया