Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६२ औं स्थानमा पुगेको छ । गत महिना नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।

फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत ९७ औं स्थानमा यथावत रहेको छ । यस्तै एक स्थान नै झरेको माल्दिभ्स १५२ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान दुई स्थान उक्लदै १८६ औं, दुई स्थान सुधार गरेको बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ  । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

यस्तै पोर्चुगल छैटौं, उरुग्वे सातौं,  स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छ ।  अर्जेन्टिना ११ औं स्थानमा यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया