Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको दोस्रो खेलमा आज (बिहिबार) नर्दन वारिवर्ससंग प्रतिस्पर्धा गर्दैछ ।

सारजाहमा केरला र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

साविकको विजेता समेत रहेको केरला जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ । यस्तै वारिवर्स केरलालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

सुपर लिग अन्तर्गतको पहिलो खेलमा केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो । केरला ४ खेलबाट ३ अंक जोडेर सातौं स्थानमा छ । प्ले अफ सम्भावना जीवित राख्न केरलालाई जित्नै पर्ने दबाब छ ।

वारिवर्सविरुद्ध नेपालका लेग स्पिनर सन्दीपले सुरुवाती ११ मा स्थान बनाउने पक्का जस्तै छ । सन्दीपले ४ खेलमा ६ विकेट लिईसकेका छन् । पन्जाबीविरुद्ध भने सन्दीप विकेट बिहिन बने । अघिल्ला तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा जादु देखाउन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिए ।

यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध  २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए ।

तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया