Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नमाउथलाई २–१ ले हराएको छ ।

गएराती बर्नमाउथको मैदानमा भएको खेलमा जेफर्सन लेर्माले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

तर बर्नमाउथका जोसुवा किङले पहिलो हाफको ईन्जुरी समयमा एक गोल गर्दै खेल बराबरी गरेका थिए ।

दोस्रो हाफको ६७ औं मिनेटमा गाबोनका स्ट्राईकर पिएरे एमरिक औबामायङ्गले निर्णायक गोल गर्दै आर्सनललाई २–१ ले विजयी गराए ।

यो जितसंगै आर्सनल लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

आर्सनलले १३ खेलबाट २७ अंक जोडेको छ । २० अंक जोडेको बर्नमाउथ भने आठौं स्थानमा छ ।

३५ अंकसहित म्यान्चेस्टर शीर्ष स्थानमा रहँदा ३३ अंकसहित लिभपूल दोस्रो, ३० अंकसहित टोटनह्याम तेस्रो तथा २८ अंकसहित चेल्सी चौथो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया