Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित केरला किंग्स यूएईमा जारी टी-१० लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा आज राजपुतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८:१५ बाट शारजाह क्रिकेट मैदान सुरू हुनेछ ।

राजपुतमा न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन मैकुलमसहित टीमल मिल्स, रोहन मुस्तफा, पिटर ट्रेगो जस्ता खेलाडी रहेको टिमको कप्तानी ब्रेन्डमले गर्नेछन् । यसअघि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको केरलाले पहिलो खेलमा पख्तुन्सबीरुद्ध सन्दीपले २ ओभरमा ३ विकेट लिँदै म्यान अफ द म्याच भएका थिए । यसमा केरला ८ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा सिन्धिससँग ९ विकेटले पराजित हुँदा पनि सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए । समूह ‘ए’ मा रहेको केरलाको यो समूह चरणको अन्तिम खेल पनि यो। आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ । यो समूहबाट ३ खेलमा २ जित निकालेको पख्तुन्स शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया